प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगीहरूसँग छलफल गर्दै
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग आज छलफल गर्दैछन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटमा तयारी पोशाक उद्योगका समस्या, सम्भावना र विकासका विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा उद्योगको वर्तमान अवस्था, नीतिगत समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र क्षेत्रको विकासबारे सुझाव लिइनेछ। प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्र र उद्योगी–व्यवसायीसँग निरन्तर संवाद गर्दै आएका छन्।