मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । गृहजिल्ला झापाबाट काठमाडाैं फर्किएका उनलाई विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेकाले नियन्त्रणमा लिइएकाे हाे । प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्याएको छ ।