पछिल्लो २४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा, सिन्धुपाल्चोकमा १०३ मिमी पानी पर्यो
काठमाडौं — बितेका २४ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा भएको छ।
विभागका मौसमविद् डेविड ढकालका अनुसार सोही अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर र पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा मापन गरिएको छ।
विभागले निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।