सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह
काठमाडौं — सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) अनुसार सांसदहरूले आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने सचिवालयले जनाएको छ।
संसद् सचिवालयका उपसचिव अधिराज राईका अनुसार सांसदहरूले आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको स्रोत खुल्ने निस्सासहितको अद्यावधिक विवरण खामबन्दी गरी सांसद सुविधा व्यवस्थापन शाखामा दर्ता गर्नुपर्नेछ।
सचिवालयले कानुनी व्यवस्थाअनुसार तोकिएको समयभित्र सम्पत्ति विवरण बुझाउन सबै सदस्यलाई आग्रह गरेको हो।