शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन, पाँच जना युवा नियन्त्रणमा
शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध कीर्तिपुरमा युवाहरूले प्रदर्शन गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन पुगेका मन्त्री पोखरेलविरुद्ध युवाहरूले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रदर्शनकारीले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, मेरिटोक्रेसी लागू गर्नुपर्ने तथा विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्रधानमन्त्री र शिक्षामन्त्री रहने व्यवस्था हटाउनुपर्ने माग गरेका छन्।