मुग्लिन–नारायणगढ सडक पहिरोका कारण अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत खहरे खोला नजिकै सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
मंगलबार बिहान ८:५० बजे पहिरो खसेपछि सडक दुईतर्फी नै ठप्प भएको सडक डिभिजन भरतपुरले जनाएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु बीच बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउन आवश्यक मेसिन र जनशक्ति परिचालन गरिएको छ। करिब डेढ घण्टाभित्र सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। ट्राफिक प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।