प्रतिनिधिसभाका तीन समितिको बैठक आज
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ।
बैठकमा सार्वजनिक लेखा समितिको आन्तरिक कार्यविधि र बेरुजु छलफल उपसमिति गठन, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक, साथै परराष्ट्रमन्त्रीको भारत र चीन भ्रमणसहित समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।