महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै
काठमाडौं — संघीय संसदअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा थारू आयोगको कामकारबाही तथा हालसम्मको प्रगतिबारे छलफल गर्ने कार्यसूची रहेको छ। समितिले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी लिनेछ।