देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको छ।