मलामी गएका गोरखाका युवक दरौँदी नदीमा बगेर बेपत्ता
गोरखा । मलामी गएका गोरखाका एक युवक दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्।
अजिरकोट गाउँपालिका–४ स्थित तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षीय शमशेर नेपाली नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजेदेखि उनी नदीमा हराइरहेका छन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।