स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी
स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्म स्वीकृत भएका दाबीमध्ये पछिल्लो चरणमा मात्रै २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा जम्मा गरिएको छ।
बोर्डले स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ।