शिशुको डाइपरमा लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार पक्राउ
झापाको भद्रपुर नगरपालिका–५ बसपार्क क्षेत्रमा शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको किशनगञ्जका मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम र मोहम्मद तजरुललाई बिहीबार साँझ पक्राउ गरिएको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको अटो शङ्कास्पद देखिएपछि जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र लुकाइएको करिब १० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।