प्रतिनिधिसभालाई प्रभावकारी बनाउन सभामुख अर्यालको दलका नेतासँग छलफल
सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
सभामुखले नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका संसदीय नेताहरूसँग संसद्को कार्यसम्पादन, सहमतिका आधारमा विधेयक र कार्यसूची अघि बढाउने विषयमा छलफल गरेका हुन्।
यसैगरी, उनले प्रमुख सचेतक र सचेतकहरूसँग पनि प्रतिनिधिसभाको कार्य सञ्चालनलाई व्यवस्थित, प्रभावकारी र सहज बनाउने तथा आगामी बैठकका कार्यसूची योजनाबद्ध रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन्। सभामुखले संसद्लाई जनअपेक्षाअनुसार प्रभावकारी बनाउन सबै दलबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका छन्।