बाँकेका मध्यवर्ती गाउँमा वन्यजन्तुबाट जोगिन पूर्वसूचना प्रणाली जडान
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका चार गाउँमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ।
कोहलपुर–१३ को खडगवार तथा राप्तीसोनारीका महादेवपुर, बुचापुर र गोभारपुरमा जडान गरिएको प्रणालीले हात्ती, बाघ, चितुवा र निलगाईजस्ता वन्यजन्तु बस्ती नजिकिँदा स्थानीयलाई समयमै सतर्क गराउनेछ।
निकुञ्ज प्रशासनका अनुसार वन्यजन्तुबाट हुने मानवीय तथा अन्नबालीको क्षति न्यूनीकरण गर्न जिपिएस ट्र्याकिङ, तारबार र अन्य सुरक्षा कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।