दाङमा ढिस्कोले पुरिएर १३ वर्षीय किशोरको मृत्यु
दाङ — राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार शनिबार बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका चौधरी ढिस्कोमा पुरिएका थिए।
उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।