शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच शिक्षा सहकार्यबारे छलफल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गर्दै शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तारबारे छलफल गरेका छन्।
भेटमा प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक पाठ्यक्रम, डिजिटल शिक्षालगायत क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचारविमर्श भएको थियो। अमेरिकी पक्षले नेपालको शिक्षा सुधार अभियानमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।