आइतबारको बिदा तत्काल नहट्ने सरकारको स्पष्टोक्ति
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा दिने व्यवस्था तत्काल नहटाइने बताएका छन्।
शिक्षा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म कायम रहने संकेत गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि दुई दिन सार्वजनिक बिदा उपयुक्त रहेको बताए।
सरकारले गत चैत २२ गतेदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने व्यवस्था लागू गरेको थियो।