क्षेत्रीय शिखर सम्मेलनमा सहभागी प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए
काठमाडौं — प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन्।
सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) र रोयल थाइ पुलिसको आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ र ५ गते सम्मेलन सम्पन्न भएको थियो।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी, सीमापार अपराध नियन्त्रण, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयका विषयमा व्यापक छलफल भएको थियो।