खैरो हेरोइनसहित झापाबाट युवक पक्राउ
झापामा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। अर्जुनधारा–९ का २२ वर्षीय अरमान खानलाई भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शंका लागेर जाँच गर्दा उनको मुखभित्र प्लास्टिकमा पोको पारेर लुकाइएको खैरो हेरोइन फेला परेको थियो।