प्रधानमन्त्री शाहले अर्गानिक कृषि प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै
प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग छलफल गर्दैछन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकमा अर्गानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण र निर्यात प्रवर्द्धनका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा संघका पदाधिकारी तथा विभिन्न अर्गानिक कृषि व्यवसायीको सहभागिता रहनेछ। प्रधानमन्त्री शाहले पछिल्लो समय उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग संवाद गर्दै समस्या समाधान र नीतिगत सहजीकरणमा पहल गर्दै आएका छन्।