२४ घण्टामा विपद्का ४२ घटना, तीन जनाको मृत्यु
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर पछिल्लो २४ घण्टामा विपद्जन्य ४२ घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार पहिरोका १२, सर्पदंशका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन्। यी घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन्।
विपद्का घटनामा २१ जना घाइते भएका छन् भने करिब एक करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
यस्तै, देशभर नौ सडक खण्ड अझै अवरुद्ध रहेका छन् भने २२ वटा चौपायामा समेत क्षति पुगेको छ।