प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमण सकेर स्वदेश फर्किए
काठमाडौं — चारदिने भारत भ्रमण सम्पन्न गरी प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा सोमबार स्वदेश फर्किएका छन्।
भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश सूर्य कान्तको निमन्त्रणामा डा. शर्मा यही साउन ७ गते भारत प्रस्थान गरेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश शर्माले भारतीय समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गर्दै नेपाल–भारतबीच न्यायिक अनुभव आदानप्रदानका विषयमा छलफल गरेका थिए।
भ्रमणका क्रममा उनले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै त्यहाँको न्याय सम्पादन प्रक्रियाबारे जानकारी लिएका थिए।
भ्रमण टोलीमा प्रधान न्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती सहभागी थिए।