कुलेश्वरमा गोली चलाएर प्रहरीले दुई लागुऔषध कारोबारी पक्राउ
काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। लागुऔषधसहित पक्राउ परेका उनीहरूमध्ये एक जना भारतीय र अर्का नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले आइतबार दिउँसो कुलेश्वर पुलनजिक दुई राउन्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाबाट ठूलो मात्रामा औषधिजन्य लागुऔषध बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।