डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरीकक्षका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकाय रहेका छन्।
दुनैबाट छलतर्फ मोटरसाइकलमा जाँदै गरेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार त्रिपुराकोट बजारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।