झापामा ५० ग्राम खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
झापाको झापा गाउँपालिका–३ कल्लामारीबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको किशनगन्ज जिल्ला धनतोला मोहमारीका २२ वर्षीय एमडी फारुक रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको खैरो हिरोइन बरामद गरेको हो।
प्रहरीले लागूऔषध र मोटरसाइकलसहित फारुकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।