देवानगञ्ज घटनाका पीडितलाई राहत दिने कोशी सरकारको निर्णय
विराटनगर — कोशी प्रदेश सरकारले देवानगञ्ज घटनामा ज्यान गुमाएकाका परिवार तथा आगजनीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार घटनामा मृत्यु भएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख रुपैयाँ प्रदान गरिनेछ।
यस्तै, घटनामा घाइते भएका तथा घर, पसललगायतमा आगजनीबाट प्रभावित परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त राहत प्याकेज स्वीकृत गरेको हो।