नेप्सेको सीईओ पदका लागि आवेदन आह्वान
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत सीईओ नियुक्तिका लागि आवेदन आह्वान गरेको हो।
इच्छुक उम्मेदवारले आगामी साउन २६ गतेसम्म मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन बुझाउनुपर्नेछ। आवेदनसँगै गोप्य खामबन्दी व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने समितिले जनाएको छ।