जबरजस्ती करणीको आरोपमा बाँकेबाट २५ वर्षीय युवक पक्राउ
४५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको बैजनाथ गाउँपालिका–३ का २५ वर्षीय लक्ष्मण थारू पक्राउ परेका छन्।
प्रहरीका अनुसार ती महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनकटवासहितको टोलीले शनिबार राति थारूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका थारूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।