नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा सामूहिक राजीनामा दिएका छन्। चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका थिए।
अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्टसमक्ष राजीनामा बुझाइसकेको र बाँकीले पनि राजीनामा दिने तयारी गरेको जनाइएको छ। चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालको आकस्मिक सेवासमेत प्रभावित भएको छ।