आत्मदाह प्रयासपछि घाइते ज्योति चौधरीको मृत्यु
धनगढी — आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएकी कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते भएकी थिइन्। उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका लागि लगेका थिए।
थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रिफर गरिए पनि आफन्तले उनलाई काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।