प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्ने
प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग संवाद गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, व्यवहारिक चुनौती तथा नीतिगत सहजीकरणका विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डेसहित पदाधिकारी तथा पूर्वअध्यक्षहरूको सहभागिता रहनेछ। सरकारले निर्माण क्षेत्रको समस्या समाधान र सहजीकरणका लागि आवश्यक कदमबारे व्यवसायीसँग सुझाव लिने जनाएको छ।