महाराजगञ्जमा दुई गाडी ठोक्किँदा तीन मोटरसाइकलमा क्षति, घाइतेको उद्धार
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित चप्पल कारखानाअगाडि शुक्रबार दिउँसो दुई गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूको उद्धारका लागि प्रहरी वृत्त महाराजगञ्जको टोली घटनास्थल पुगेको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न सवारीसाधन तथा घाइतेहरूको विवरण संकलन भइरहेको छ। दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।