उच्च अदालत विराटनगरबाट चार हजारभन्दा बढी मुद्दा फैसला
उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष २०८२/८३ मा चार हजार ९९ थान मुद्दा फैसला गरेको छ। अदालतमा सात हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ नियमित र १८ महिनाभन्दा पुराना ८७ मुद्दा फैसला हुन बाँकी छन्।
मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले जेन–जी आन्दोलनका क्रममा धेरै मुद्दाका मिसिल जलेका कारण फैसला प्रक्रियामा ढिलाइ भएको जानकारी दिए। करिब ७० हजार अभिलेख जलेकोमा एक हजार ६०० मुद्दाको पुनः मिसिल तयार गरिएको अदालतले जनाएको छ।