इराकमा तालिमका क्रममा अमेरिकी सैनिकको मृत्यु, पहिचान सार्वजनिक
वासिङ्टन — अमेरिकी रक्षा विभागले इराकमा तालिमका क्रममा मृत्यु भएका सैनिकको पहिचान सार्वजनिक गरेको छ।
विभागका अनुसार मृतक २६ वर्षीय सार्जेन्ट डेभिन ए. सिबेल हुन्। उनी ३१ मेमा इराकको एरबिल एयर बेसमा भएको तालिम घटनामा मृत्यु भएको हो।
सिबेल टेक्सासको रबिन्सन शहरका बासिन्दा थिए। उनी कोलोराडोको फोर्ट कार्सनस्थित एयर एम्बुलेन्स कम्पनी, दोस्रो बटालियन, चौथो कम्ब्याट एभिएसन ब्रिगेडमा तैनाथ थिए।
उनी अपरेशन इनहेरेन्ट रिजोल्भ अन्तर्गत इराकमा खटिएका थिए, जुन मिसन आतंकवादविरोधी अभियानसँग सम्बन्धित छ।
रक्षा विभागले घटनाको पुष्टि गरे पनि मृत्यु कुन परिस्थितिमा भएको हो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।