गृह मन्त्रालयका अधिकारी भन्दै प्रहरी कार्यालयमा पहुँच खोज्ने व्यक्ति पक्राउ
काठमाडौं — आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंहलाई पक्राउ गरिएको हो। उनले आफू गृह मन्त्रालयसँग सम्बन्धित उच्च पदस्थ व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा विशेष पहुँच खोज्ने प्रयास गरेका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।