लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको निर्देशन
काठमाडौं — गृहमन्त्री सुधन गुरुङले लागूऔषधको कुलतबाट युवापुस्तालाई जोगाउन यसको सप्लाई–चेन तोड्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा जारी सन्देशमा उनले लागूऔषध नियन्त्रणलाई औपचारिकतामा सीमित नराखी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
गृहमन्त्रीले लागूऔषधको बढ्दो ओसारपसार चिन्ताजनक रहेको उल्लेख गर्दै यसलाई सामाजिक, आर्थिक र राष्ट्रिय सुरक्षासँग जोडिएको जटिल अपराधका रूपमा व्याख्या गरेका छन्। उनले रोकथाम, नियन्त्रण, उपचार र पुनःस्थापनालाई प्राथमिकता दिँदै सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।