रोल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु
रोल्पा, २१ जेठ २०८३ — रोल्पाको माडी गाउँपालिका–२ व्याङखोला मा जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको ज्यान गएको छ। मृतकहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन।
जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तिगाउँ बाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले दुर्घटनाको कारण र मृतकहरूको पहिचान खुलाउने प्रयास गरिरहेको जनाएको छ। थप विवरण आउन बाँकी छ।