यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंक ले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ। युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ १७ पैसा रहेको छ भने बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ २९ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ २५ पैसा र सिङ्गापुर डलरको ११८ रुपैयाँ १५ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ।