रास्वपाको ४ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी ले महाधिवेशन तयारीअन्तर्गत हालसम्म ४ हजार २४६ वडा र ५१२ पालिका अधिवेशन सम्पन्न गरेको जनाएको छ।
केन्द्रीय सदस्य आरके ढुंगाना का अनुसार आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन आयोजना गरिनेछ। रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवन मा हुने तय भएको छ। पार्टीले अधिवेशन सम्पन्न गर्न आवश्यक संगठनात्मक र निर्वाचनसम्बन्धी तयारी पूरा गरेको जनाएको छ।