इजरायल–हेज्बुल्लाहबीच युद्धविराम लागू
इजरायल र लेबनानको हेज्बुल्लाहबीच युद्धविराममा सहमति भएको छ। बीबीसीका अनुसार शुक्रबार स्थानीय समयअनुसार साँझ ४ बजेदेखि युद्धविराम लागू भएको हो।
इजरायली सेनाले युद्धविरामको पुष्टि गर्दै आवश्यक परे लडाइँ जारी राख्न तयार रहेको जनाएको छ। युद्धविरामअघि दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ भने इजरायलका चार सैनिक पनि मारिएका छन्।
यसअघि अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने सहमति भएको बताइएको छ।