संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ
आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
आज शिक्षा, विज्ञान तथा प्रविधि, कानून, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयलगायतका मन्त्रालय र निकायका बजेट शीर्षकबारे उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
यसका साथै सभामुखले विभिन्न मन्त्रालयका शीर्षकहरूमा सांसदहरूले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ।