हुम्लामा ४.१ परिमाणको भूकम्प, आसपासका क्षेत्रमा धक्का महसुस
काठमाडौं — हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आज ४.१ परिमाणको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २:३२ बजे श्रीनगर क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्। स्थानीय निकाय र सुरक्षा निकायहरू अवस्था निगरानीमा रहेका छन्।