अमेरिकाको सान डिएगोस्थित मस्जिदमा गोलीकाण्ड, ३ जनाको मृत्यु
सान डिएगो, क्यालिफोर्निया — अमेरिकाको सान डिएगो इस्लामिक सेन्टर मा अन्धाधुन्ध गोली चल्दा तीन जनाको मृत्यु भएको छ। घटनालाई स्थानीय प्रहरीले घृणाजन्य अपराधका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
बीबीसी का अनुसार घटनामा संलग्न दुई शंकास्पद किशोरहरू पनि नजिकैको सडकमा गुडिरहेको कारभित्र मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुमानअनुसार उनीहरूले आफैँलाई गोली हानेको हुन सक्ने बताइएको छ।
प्रहरीका अनुसार घटनाको सुरुवात एक आमाले आफ्नो छोरा हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि भएको थियो। उनले प्रहरीलाई छोरा, घरमा रहेका केही हतियार तथा कारसमेत हराएको जानकारी दिएकी थिइन्।
गोलीकाण्डका क्रममा मस्जिदमा खटिएका सुरक्षाकर्मीले आक्रमणकारीसँग प्रतिकार गरेका थिए। प्रहरीका अनुसार ती सुरक्षाकर्मीको कदमले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।