राष्ट्रियसभामा सुशासन, सुरक्षा र इन्धन मूल्यबारे सरकारको ध्यानाकर्षण
काठमाडौं — राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले सुशासन, शान्ति सुरक्षा, विकास र इन्धन मूल्यलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद रामकुमारी झाँक्री ले सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न नहुने भन्दै कानुन विपरीत काम गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।
सांसद रेखा कुमारी झा ले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको भन्दै रोजगारी र विकासमा ध्यान दिन सरकारसँग माग गरिन्।
सांसद रोशनी मेचे ले शान्ति सुरक्षा खस्किँदै गएको, हत्या र अनलाइन ठगी बढिरहेको भन्दै गृहमन्त्रीको अभावप्रति चिन्ता व्यक्त गरिन्।
सांसद सम्झना देवकोटा ले जेन–जी प्रदर्शनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।
त्यस्तै सांसद सोमनाथ पोर्तेल ले पेट्रोलियम पदार्थको मूल्य नेपालमा उच्च भए पनि नेपाल आयल निगम घाटामा देखिनुबारे सरकारको ध्यानाकर्षण गराए।