लेबनानमा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली, ६७ औँ डफ्फा प्रस्थान
काठमाडौं — संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना मिसनअन्तर्गत लेबनानमा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली भएको छ।
नेपाली सेना ले जारी गरेको प्रेस नोटअनुसार शान्ति सेना ६६ औँ डफ्फालाई प्रतिस्थापन गर्न ६७ औँ डफ्फाका ९१ जना सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
नयाँ डफ्फा विष्णुदल गण अन्तर्गत तैनाथ गरिएको हो। यसअघि कार्यकाल पूरा गरेका ९१ जना सैनिक यही वैशाख २५ गते स्वदेश फर्किएको सेनाले जनाएको छ।
हाल लेबनानस्थित मिसनमा कुल ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत रहेको बताइएको छ।
नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना अभियानअन्तर्गत विभिन्न सुरक्षा, निगरानी तथा स्थायित्व कायम गर्ने कार्यमा संलग्न छन्।