नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार ३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट आएको छ। नेप्से १.६४ अंकले घटेर २ हजार ७११.२२ बिन्दुमा कायम भएको छ।
आज ३३६ कम्पनीका ७१ लाखभन्दा बढी कित्ता सेयर ४७ हजारभन्दा बढी पटक कारोबार हुँदा कुल ३ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, लघुवित्त र बिमालगायत केही समूहको उपसूचक बढे पनि विकास बैंक, जलविद्युत् र उत्पादन समूह घटेका छन्।
आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्सको सेयर सबैभन्दा बढी बढ्दा भगवती हाइड्रोपावरको सेयर सबैभन्दा धेरै घटेको छ।