संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकसँग छलफलमा सभामुख
सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल थालेका छन्। सिंहदरबारमा अहिले बैठक जारी छ। आगामी अधिवेशन र समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक राखेका हुन्।
बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक र सचेतक सहभागी छन्।