नेपालको प्रतिव्यक्ति आय १ हजार ५३५ डलर पुग्ने अनुमान
काठमाडौं, १३ जेठ — चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP) १ हजार ५१३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ अमेरिकी डलर पुग्ने उल्लेख गरिएको छ।
सर्वेक्षणले प्रदेशगत रूपमा बागमती प्रदेश को प्रतिव्यक्ति आय सबैभन्दा बढी रहने देखाएको छ। बागमती प्रदेशको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
त्यसैगरी मधेश प्रदेश को प्रतिव्यक्ति आय सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले प्रदेशबीच आर्थिक असमानता अझै कायम रहेको संकेत गरेको छ।