झापामा कलेज बस दुर्घटना, चार जना घाइते
झापाको शिवसताक्षी नगरपालिका–९ चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको इको होम कलेजको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बसमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा सहचालकसहित चार जना घाइते भएका छन्। घाइतेहरूको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।