पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरी गाडीमा बम विस्फोट, ७ जनाको मृत्यु
इस्लामाबाद — खैबर पख्तुनख्वा प्रान्तको लक्की मारवत जिल्लामा प्रहरी गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा ७ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार नियमित गस्तीमा रहेको गाडीलाई निशाना बनाएर गरिएको विस्फोटमा दुई जना प्रहरीसहित ७ जनाको ज्यान गएको हो भने अन्य धेरै घाइते भएका छन्। विस्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएको हुँदा सर्वसाधारण पनि प्रभावित भएका छन्।
घटनापछि सुरक्षा निकायले क्षेत्रलाई घेराबन्दी गरेको छ भने बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर विस्फोटको प्रकृति अनुसन्धान गरिरहेको छ। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ।
हालसम्म कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।